प्रधानमन्त्री देउवा सुुदूरपश्चिमको बाढीपहिरोग्रस्त स्थलको भ्रमणमा

कात्तिक ४ ,काठमाडौँ। 

 

 प्रधानमन्त्री शेरबहादुर देउवा सुुदूरपश्चिमको बाढीपहिरोग्रस्त क्षेत्र स्थलगत भ्रमणमा प्रस्थान गर्नु भएको छ । प्रधानमन्त्री देउवाका साथ सहितको उच्चस्तरीय टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेम आले, नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री रमेश लेखक, एनपी सावद, बीरबहादुर बलायर, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवा सहितको टोली रहेको छ ।
उक्त टोलि काठमाडौँबाट सुर्खेत हुँदै डोटी दिपायल पुग्ने कार्यक्रम रहेको प्रधानमन्त्री सचिवालय श्रोतले जनएको छ ।
प्रधानमन्त्री देउवाले दिपायलमा डोटी जिल्लामा भएको क्षति तथा नोक्सानीको बिवरण प्रतक्ष बुझ्ने र त्यसपछि बझाङ जिल्लामा पहिरो गएको थलारा क्षेत्रको स्थलगत अवलोकन गर्ने कार्यक्रम रहेको छ ।
यसैगरि बाढी पहिरोले क्षति पुर्याएको बैतडी, कञ्चनपुरको दोधारा चाँदनी,डडेल्धुराको जोगबुढा, बह्रमदेव क्षेत्रको समेत स्थलगत अवलोकन गरि शुक्रबार प्रधानमन्त्री देउवा काठमाडौँ फर्किने कार्यक्रम रहेको छ ।

Loading...