समुदायमा सुरक्षा थप्यो ‘ झिंगु इनात्वा: ल्याम्ह पुच: ’ ले थालेको सिसिस क्यामरा जडान अभियानले

काठमाडौँ। बिष्णुमती खोला किनार कंकेस्वरी मन्दिर क्षेत्र रातको समएमा अपराधिक घट्ने घट्ने गरेपछि स्थानीय जागरुक युवाहरुको सामाजिक समूह ‘ झिंगु इनात्वा: ल्याय्म्ह पुच: ’ ले सो क्षेत्र आसपास सिसि क्यामरा जडान गरेको छ।

समुहको सक्रियतामा अहिले ११ स्थानमा  जडान गरेको सिसि क्यामरा को नियेंत्रण कक्षको बुधबार नेपाल खड्गी सेवा समितिका सरक्षक मनोज नेवा : खड्गी , महानगरीय प्रहरी वृत्त जनसेवाका प्रमुख डिल्ली बहादुर मल्ल , काठमाडौँ महानगरपालिका १९ वडा सदस्यहरु मधुसुधन प्रधान ,रेनुकमल शाही ,चन्द्र मान डंगोलले संयुक्त उत्घाटन गर्नु भयो।

समितिका सम्रक्षक खड्गीले युवा समुदाय  निवेन श्रेष्ठ अध्क्षय रहेको झिंगु इनायखा ल्याम्ह पुच:  ले देखाएको समाज प्रतिको जिम्मेवारी बहनमा भएको यस कार्येले अरु युवाहरुलाई पनि प्रेरित गर्ने बताउनु भयो। यसै गरि जनसेवा वृत्त प्रमुख मल्लले सामाजिक शान्ति सुरक्षा चुनैतीमा समाज आवद्द समुहले आफ्नै सक्रियेतामा सिसि क्यामरा जडान तथा संचालन गर्दा शान्ति सुरक्षामा तथा समाजमा हुन सक्ने अपराध ,दुर्घटनालाइ नियेंत्रण गर्न सहयोग पुग्ने बताउनु भयो। समुहले आगामी दिनमा अन्य पाँच स्थानमा जडान कार्य विस्तार गर्ने जनाएको छ।

साथै नजिकिदै गरेको नेपाल संवत ११४२ को अवसरमा नेवार समुदायले मनाउने ‘ म्ह पुजा ’ ( शरीर तथा स्वआत्मा पुजा ) लाइ सबै सामुहिक रुपमा तेश्रो पटकलाइ निरन्तरता दिइ मनाउने आयोजक १९ वडा सरोकार मञ्च तथा न्हूदँ भिन्तुना मोटरसाइकल र्यालीका संयोजक  निकेस श्रेष्ठ ले जानकारी दिनु भयो ।

 

Loading...