प्रकाश दाहाल मेमोरिएल दोश्रो राष्ट्रिय पुरुष तथा महिला बक्सिङ्ग प्रतियोगिता हुने

काठमाडौँ। प्रकाश दाहाल मेमोरिएल दोश्रो राष्ट्रिय पुरुष तथा महिला बक्सिङ्ग प्रतियोगिता हुने भएको छ। कार्तिक २९ देखि मंसिर ३ सम्म काठमाडौँ प्रतियोगिता हुने नेपाल बक्सिङ्ग संघले आज योजना गरेको पत्रकार सम्मेलनमा जानकारी दि इएको छ। ५५ केजी तौल समुहदेखि ९२ तौल समूह सम्म हुने प्रतियो गीतमा पहिलो पदक प्राप्त गर्ने खेलाडीलाई नगद १० हजार तथा बेष्ट बक्सरको उपाधि जित्ने खेलाडीलाई नगद २५ हजार प्रदान गरिने जनाएको छ।

यसै गरि  विश्व च्याम्पियनसीप सर्बियाको बेलग्रेडमा आगामी अक्टोबर २५ देखि नोभेम्बर ६ सम्म सञ्चालन हुने प्रतियोगितामा छनौटमा बिजयी बक्सर १३औँ सागका स्वर्णधारी सनिल शाही , नेपाल प्रहरीका भूपेन्द्र थापा मगर ,एपिएफका पुरन राई र रवीन थापालाइ सो अवसरमा सम्मान गरिएको थियो।
संघका महासचिव श्याम अवाले आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपका लागि तैयारीमा लागेका खेलाडीलाई उच्च तहको प्रसिक्षनदिने तैयारी भइरहेको बताए।साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहका खेलमा नेपाली बक्सरले जित्ने पदकले नयाँ पिधिको खेलमा आकर्षित हुने अवालेले धारणा ब्यक्त गरे।

Loading...