काठमाडौँमा भिडभाड तथा मेला गर्न रोक, दशैँ परिवारभित्र मात्र मनाउन आग्रह

 

काठमाडौँ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहिबार राति १२ बजेबाट लागु हुने गरी भिडभाड तथा मेला गर्न रोक लगाइएको छ ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले कोरोनाको जोखिमका साथ आइरहेको नेपालीहरुको महान् पर्वको अवसरमा कोरोना संक्रमण फैलिन नदिन यस्तो आदेश दिएको हो ।
होटल, पार्टी प्यालेसलगायतले पनि स्वास्थ्य मापदण्ड पालना गर्नु पर्ने र सार्वजनिक यातायातको टिकट काट्दा आधिकारिक काउण्टरबाट मात्र काट्न यात्रुहरुलाई आग्रह समेत गरिएको छ ।

सवारी साधनमा आवात जावात गर्दा यात्रुले अनिवार्य मास्क लगाउनु पर्ने, चालक, सहचालकले मास्क, भाइजर र ग्लोभ्स लगाउनु पर्ने तथा बसको ढोकामा अनिवार्य स्यानिटाइजर राख्नु पर्ने समेत जारी आदेशमा उल्लेख गरिएको छ ।
साथै प्रमुख जिल्ला अधिकारी रिजालले चाडपर्व मनाउँदा आफ्नै परिवारभित्र मात्र मनाउन समेत आग्रह गरिएको छ ।

 

 

Loading...