एसिड प्रहार गरि सजाय भुक्तान गर्दै रहेका फरार ब्यक्ति पक्राउ

पर्सा। एसिड प्रहार गरि सजाय भुक्तान गर्दै रहेका फरार ब्यक्तिलाइ प्रहरीले पक्राउ गरेको छ। २०७६ भदौ २० गते वीरगंज महानगरपालिका-४ गणेशमान चोकस्थित सार्वजनिक सडकमा १५ वर्षीया बालिकालाई एसिड प्रहार गरेको घटनामा संलग्न भएको अभियोगमा कैद सजाय भुक्तान गरि रहेको अवस्थामा फरार रहेका वीरगंज महानगरपालिका-२ छप्कैयाका १९ वर्षीय समशाद मियाँलाई बुधबार जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको हो ।
ज्यान मार्ने उद्योग तथा तेजाब प्रहार गरी अनुहार कुरुप पार्ने सम्बन्धि कसूरमा तत्काल १७ वर्षीय उनलाई पर्सा जिल्ला अदालतको आदेशले पुर्पक्षको लागि बालसुधार गृह पठाएकोमा कोभिड-१९ को प्रकोपका कारण २०७६ चैत ११ गतेको सोही अदालतकै आदेशले संरक्षकको जिम्मा लगाएकोमा पुन: सोही अदालतको २०७७ फागुन २६ गतेको फैसलाले बाँकी कैद ५ महिना १६ दिन पुन: बालसुधार गृहमा राखी भुक्तान गर्ने गरी १ वर्ष कैद सजाय भई फरार रहदै आएका थिए।

Loading...