आफ्नै श्रीमतीको कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ

आफ्नै श्रीमतीको कुटपिट गरि हत्या गरेको आरोपमा एक ब्यक्तिलाइ ईलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरेको छ । कोहलपुर नगरपालिका-३ भगरीया बस्ने ३४ वर्षीय प्रकाश न्यौपाने आफ्नै श्रीमती ३५ वर्षीया लक्ष्मी रुपा न्यौपानेलाई कुटपिट गरी हत्या गरेको अभियोगमा शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।
प्रकाशले आफ्नै श्रीमती लक्ष्मीलाई कुटपिट गर्दा गम्भीर घाइते भएको र उपचारको लागि मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको थियो ।
पक्राउ परेका अभियुक्त माथि थप अनुशन्धान भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ।

 

Loading...