एमाले नआए पनि सर्वदलीय बैठक बस्छ : सभामुख सचिवालय

काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटाको सचिवालयले नेकपा एमाले नआए पनि सर्वदलीय बैठक बस्ने जनाएको छ ।

सभामुख सापकोटालाई एमाले प्रमुख सचेतक विशाल भट्टराईले एमाले बैठकमा सहभागी नहुने टेलिफोन सम्पर्क गरि जानकारी गराएका थिए। जवाबमा सभामुखको सचिवालयले एमाले नआउँदैमा बैठक नरोकिने जनाएको छ ।

एमाले उपस्थित नभए पनि बैठक बस्ने सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।
एमालेले जहाँबाट पनि निहुँ खोज्ने , आफैं सदन सञ्चालन गर्न सभामुखले प्रतिपक्षसँग सम्वाद गरेन भन्ने , अनि बोलाएको बैठकमा पनि नआउने गुनासो गर्दै सभामुखको सचिवालयका एक सदस्यले भने ।

 

Loading...