छत्रपाटी निशुल्क चिकित्सालयले अत्याधुनिक डिजिटल एक्सरे मेसिनबात सेवा दिने

काठमाडौँ। काठमाडौँ महानगर पालिका १७ वडा स्थित रहेको छत्रपाटी निशुल्क चिकित्सालयले अत्याधुनिक डिजिटल मेसिनबाट सेवा दिने भएको छ। नेपाल मेडिकल काउसिलका अध्क्षय तथा वरिस्ठ मुटुरोग बिशेषज्ञ डा .भगवान कोइरालाले आज चिकित्सालयमा उक्त एक्सरे मेसिनको उत्घाटन गर्नु भयो।
डा कोइरालाले नयाँ डिजिटल प्रणालीले स्वास्थ्य उपचारमा थप सहज र ब्यबस्थित हुने बताउनु भयो। चिकित्सकले पनि यो मेसिनको प्रयोगले आफुले कहा तृती गरे नगरेको अध्यन गर्न पाउने बताउनु भयो। उहाले समुदाय संग जोडिएको यस्ता किसिमको चिकित्सालय उदाहरनिय भएको बताउनु भयो।


चिकित्सालयका अध्क्षय डा मनोज मान श्रेष्ठले अन्य ठुला अस्पतालले हालै प्रयोग गर्न थालेको यस मेसिन आफ्नो चिकित्सालयले पनि प्रयोग गर्न सक्षम भएकोमा खुसि ब्यक्त गर्नु भयो। उहाले देशै भरिका समुदाय आवद्द अस्पतालमा मध्य यो पहिलो डिजिटल एक्सरे मेसिन प्रयोग भएको बताउनु भयो। ‘ अहिले कोविड्को समएमा हामीले यो अत्याधुनिक प्रणालीलाई जोड दिदै बिशेष प्राथमिकतामा राखेका हौ। चिनिया मेंद्रे कम्पनीले यो संगै अत्याधुनिक इको मेसिन पनि प्रदान गरेको छ। यो संगै नेपाल सरकार को तर्फ बात २ वटा प्रोटेबल भेन्तेलेटर जडान गरेका छौ। हामीले कोविड अस्पताल ३ महिना संचालनको गरेको को यो नतिजा हो। यस दौरान अस्पताललाई नयाँ स्वास्थ्य सामग्री थप गरि वार्डहरु थप गर्न समेत सक्षम भएको छ। दैनिक १०० सिलिन्डर क्षमतको अक्सिजन प्लान्ट समेत छिटै निर्माण हुन् लागीएकोमा यस्लाइ सुखद मान्नु पर्छ। ’ डा. श्रेष्ठले बतानु भयो।
यसै गरि काठमाडौँ महानगर पालिकाको २ करोड ५० लाख सहयोमा चिकित्सालयको नयाँ भवन बान्ने सो कार्येक्रममा डा .श्रेष्ठले जानकारी दिनु भयो।
नयाँ एक्सरे मेसिन चिनिया मेंद्रे कम्पनिले निर्माण गरेको हो। मेंद्रे कम्पनीले यस अघि २ वटा यस्तै एनेस्थेसिया मेसिनलगाएत स्वास्थ्य सामग्री गदन गरि सहयोग गर्दै आएको छ। 

Loading...