कर असुल गर्न सल्लाह बिना पञ्चेबाजा अभियान : उपमेयर खड्गी

महानगरपालिकाले करदाताको बेइज्जत गर्यो

काठमाडौँ। काठमाडौँ महानगरले घरजग्गा र सम्पत्ति कर नबुझाउनेको ढोकामा पञ्चेबाजा टोलि सहित पुगेर कर असुल गर्न पञ्चेबाजासहित टोलटोलमा अभियानबारे आफूसँग कुनै सल्लाह नभएको महानगरपालिका उपप्रमुख हरिप्रभा (श्रेष्ठ) खड्गीले बताउनु भएको छ ।
पञ्चेबाजासहित टोलटोलमा गएर गत साता कर असुल अभियान संचालन गरेको थियो। उप – मेयर खड्गीले आफू राजस्व परामर्श समितिको संयोजक भएको भएता पनि अभियान संचालन विषयबारे आफू संग परामर्श तथा जानकारी नलिएको बताउनुभयो ।

‘ कोरना महामारीका कारण ब्यबसाय पुरानै लयमा फर्केको छ ,या छैन नगरवासीको व्यापार ब्यबस्था ,आर्थिक अवस्था के कस्तो छ ? भन्ने बुझ्न जरुरि हुनु पर्ने पक्षमा म छु। महानगरले एकै पटक यो अभियान शुरु गर्नुभन्दा पहिला एक पटक सबैलाई आधिकारिक रुपमा पत्र पठाउनुपर्ने मेरो भनाइ हो । ’

उप -मेयरले भन्नुभयो -‘ राजस्व परामर्श समितिको संयोजकको जिम्मेवारीमा हुदाको यो अवस्थामा महानगरपालिकाले गरेको यो अभियानबाट धेरैले मलाइ प्रतक्ष गुनासो गर्नेगरेको छ। महानगरपालिकालाइ तिर्नु पर्ने कर हामीले तिर्दैनौ भनेका छौनौ , नगरवासीको वर्तमान समस्यालाइ महानगरले बझ्नुको सत्ता दैलो दैलोमा आइ इज्जत लिने काम गर्यो भनेका छन् । एक पटक पत्र पठाएको भए हामी सल्लाह गर्न आउँथ्यौं । ठूला देखि साना करदाताबाट गुनासो आएको छ ।’ 

Loading...