काठमाडौंमा निषेधाज्ञा खुकुलो,आर्थिक/सामाजिक तथा व्यावसायिक गतिविधि सञ्चालन गर्न पाउने

काठमाडौँ। जिल्ला प्रशासनले कार्यालय काठमाडौंले निषेधाज्ञा खुकुलो पार्ने निर्णय गरेको छ । बिहीबारदेखि लागू हुनेगरी भदौ मसान्तसम्म थपिएको निषेधाज्ञा खुकुलो पारिएको हो ।
जिल्ला प्रशासन कार्यालयबाट आज जारी विज्ञप्तिमा स्वास्थ्य मापदण्ड पूर्णरुपमा पालना गरेर सर्वसाधारण व्यक्ति, समूह तथा संस्थालगायतका निकायबाट आर्थिक, सामाजिक तथा व्यावसायिक गतिविधि सञ्चालन गर्न पाउने भनिएको छ ।
प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले संक्रमण दर स्थिर रहेकाले निषेधाज्ञा केही खुकुलो बनाइएको बताए ।
प्रशासनले बिद्यालयहरुमा भौतिक उपस्थितिमा पठनपाठन संचालनमा रोक लगाइएकोमा यथावत राखी चाडपर्वहरु मनाउनेको हकमा स्वास्थ्य प्रोटोकलको पूर्ण पालना गरी न्यूनतम सहभागितामा सांकेतिक रुपमा मनाउन भनिएको छ ।
स्थानीय ढुवानी बिहान ९ देखि ११ बजेसम्म र अपरान्ह ४ देखि ७ बजेसम्मबाहेक गर्न पाउने भनिएको छ । सार्वजनिक तथा निजी निर्माण कार्यका लागि निर्माण सामग्री ढुवानी बेलुका ९ देखि बिहान ५ बजेसम्म सञ्चालन गर्न पाउने भनिएको छ ।

 

 

Loading...