युवाहरुमा क्यानोनिङ्ग खेल प्रति आकर्षण बढ्दो

काठमाडौँ। सुन्दरीजल शिवपुरी राष्ट्रीनिकुञ्ज आरक्षण क्षेत्र  , जटिल भू बनावटमा सलोनी महर्जन  सहाशिक खेल क्यनोनिङ्ग सिक्न तैयारी अवस्थामा थिए  । झरना बात डोरीको सहरमा तल झर्ने यो सहाशिक खेल क्यानोनिङ्गमा उत्साही सलोनी संगै अन्य १३ जना मनमा डर भएता पनि उत्तिनै उत्साही देखिन्थ्य।
नेपाल खड्गी सेवा समितिले शनिबार आयोजना गरेको यस कार्येक्रममा युवा पिढीलाई सहासिक खेल क्यनोनिङ्गको अनुभव प्रदान गर्नुका साथै दैवीप्रकोपमा अरुको उद्धार कसरि गर्ने भन्ने बारे शिक्षा दिने अभिप्रायले यस खेल सम्बन्धित विभिन्न ज्ञान हासिल गर्ने मौका दिए।
निकै चिप्लो ,गहिरोमा डोरीको माध्यमबाट सलोनी मनिष महर्जन , प्रतिष्ठा खड्गी , मंजिता खड्गी , अनिश महर्जन,सुमन खड्गी लगाएतले प्रारम्भिक ब्रिफिंग प्रशिक्षक किसोर शाहीबाट लिए।


मनमा डर लिएका सलोनी तलतिर हेर्दै केहि अल्मलिएकी देखिथ्यो। यस्तै अरुपनि बिस्तारै पालै पालो डोरी समाई प्रशिक्षक शाहीको निर्देशन पालना गर्दै ओर्लिए । डोरीमा झुन्डिएकी सलोनी बिच्चमा पुग्दा केहि आत्तिए ,तर प्रशिक्षक शाहीको निर्देशनमा फोलो गर्दै सफल पुर्वक पुरा गरिन।

छाँगो नेपालका अध्क्षय समेत रहेका प्रशिक्षक शाहीले २० बर्ष अदादिनै नेपालमा यो खेल भित्र्याएको सुनाउ छन्। सगरमाथा आधारशिविर देखि बिभिन्न स्थाना दुर्घटनामा परेका पर्वतारोहीलाइ रेक्यु गरेको उनीसंग अनुभव छ।


यसै गरि नेपाल खड्गी सेवा समितिका सस्थापक अध्क्षय मनोज नेवा खड्गीले युवा बर्गलाई लक्षित गरि ल्याइएका यी र यस्ता अन्य कर्येक्रमले समाजमा आफ्नो सस्थाले दिनुपर्ने उत्तरदायित्व पुरा गरेको अनिभव सुनाउछन्।

समितिकी अध्क्षय अन्जिता खड्गीले साहसिक खेल क्यानोनिङ्गमा महिलाको सहभागीले समाजमा पुरुष सरह जिम्मेवार बन्न सक्ने ज्वलन्त उदाहरण दिएको सुनाइन।
क्यनोनिङ्ग प्रशिक्षार्थिहरुले प्रारम्भमा शिवपुरी निकुञ्जका विभिन्न स्थलका भुपरिवेसका बारेमा जानकारी लिएका थिए।

भिडियो हेर्न यो लिंकलाई कपि गरि हेन्सक्नु हुन्छ।-

https://fb.watch/7xPcT1YIlb/ 

 

 

 

 

 

 

 

 

Loading...