अवोधता भित्र लुकाईएका खुल्ला अपराध , लठ्थियाइयका बालबालिका देखाई माग्ने शैली

बुद्ध शरण शाही – 

 

काठमाडौँ। प्राय नयाँ सडक न्युरोड , नेपाल वायु सेवा निगम छेउ छाउ स-साना शिशु भुइँमा सुताएर माग्न बसेको दृश्य नौलो होइन l भारतका ठुला सहरको मेट्रो स्टेसन तथा खुल्ला स्थानमा यस्ता दृश्यमा कमी आउँन थालेपनि काठमाडौँको मुख्य क्षेत्रमा सजिलै दिनहुँ यस्ता माग्ने जुक्ती प्राय देखिने नै गर्छ। आइतबार नयाँसडक जुद्दा बरुण यन्त्र छेउ निदाएका दुइ बालबालिका संगै एक महिला हात फैलाउदै माग्दै बसेको थियो। बातमा हिड्ने बटुवाको ध्यान ति दुइ बालक बालिकाको मिर्मम्तामा तानिएको देखिन्छ। नजिकै एउटी उमेर ठम्याउन नसकिने माग्ने महिला फोहोर लुगामा कपाल पनि फोहोर र जिङ्रिङ्ग छ। उनी उदास अनुहार लिएर घोसे मुन्टो लाएर बसेकी छन्। उनको छेवैमा एउटा थोत्रो थाल छ, जसमाथि मानिसहरू पैसा फालेर हिड्छन्, एउटा ठूलो पुण्य गरेको ठान्दै।

म दैनिक प्राय दिनजसो त्यो बाटो नै भएर हिंडे पनि यस पैसा किसिमका माग्नेलाई कहिल्यै पैसा दिदैन थिएँ । किनभने यो काम माग्नेहरूलाई नियन्त्रण गर्ने एउटा ग्याङ सञ्चालित धन्दा हो जस्तो लाग्थियो । हुनत यस किसिमका मगन्तेहरु अचानक कहिँ कतै बाट सडक पेटीमा देखा पर्छन थोरै थोरै समय गरि विभिन्न स्थान फेरी रहने गर्छन। त्यो बाटो हिडदा अचानक मेरो मनमा एउटा कुरा खड्किन्थियो बच्चा उस्तै फाहोरि उस्तै फोहर कपडामा सुतिरहेको या लठ्थियका , सिकिस्त जस्तो देखिन्थ्यो तर कहिल्यै रुदैनथ्यो चिच्याउँने वा खेलिरहेको देखिन्नथ्यो। आइतबारका दिन जुद्दा बरुण यन्त्र छेउ सडक पेटीमा ती महिलाले एक बालकलाई सानो बोतल बिर्कोबात केहि मुखमा हाल्दै गरेको देखें , र अर्को बालक चाहि लठ्ठिएको जस्तो देखें। हतार हतार उसले त्यो बोतल लुकायो ,मैले नियालेको उसले देखे ,तर म अलि पर बसेर हेरिनै रहें।

उ बच्चाहरुको निर्ममतालाई देखी बटुवा संग पैसा माग्न हात फैलाउनमा नै ब्यस्त रहे। तर मैले मनावियता बिरुद्दको यो कर्तुतलाई अनदेखी गर्न सकेन र बालबालिका सम्बन्धि कार्यालय बालिका खोज तलासमा फोन सम्पर्क गरे। केन्द्रका अधिकारी सहित केहि समयमै सो स्थानमा आइपुग्यो तर ती महिलाले बालिका खोज तलास केन्द्र लेखिएको सेतो गाडी देख्ने बित्तिकै हामी सबैको आखाँ छली बिलय भए। म सहित सो टोलि केहि पर सम्म सोध खोज गर्न गएँ तर निकै चतुरता साथ ती महिला दुइ बालबालिका लिएर भागे।

फर्केर सोहि स्थान्मा फर्की नजिकैका सडक ब्यापारीलाई यस बारेमा सोध्रेने क्रममा उनिहरुने यस्ता महिलाहरु अचानक कहिकतै बात आउने र अचानक हराउने बताए। मैले ठम्याए कहिँ कुनै गिरोहबार त् संचालमा छैन यस्ता समूह ? सोचनीय बिषय बनेको छ।
केन्द्रका अधिकारी भन्छ , आमनागरिकले १०४ मा सम्पर्क गरि सहयोग गर्नु पर्ने बताउछन। केन्द्रबाट खटिएका अधिकारीले कसैले यस्ता गतिविधि बारे जानकारी गरे यस्ता महिला र बालबालिका लाइ नियेंत्रणमा लिएर अधिकारी अभिभावक पहिचान गरि उचित ब्यबस्थापन गर्ने बताए।

उदार र करुणाका खानी भएका भद्रभलाद्मीहरु हो!माग्नेले सडकमा सुताइरहेका बच्चालाई करुणामय भएर हेर्नुको साटो त्यसका पछाडि लुकेको भयानक तस्विरलाई सम्झनु पर्छ जस्तो मलाई लाग्छ । थुप्रो मानिसहरुको यो कोलाहलाबिच म केहि समय त्यो बिषय अगाडी उभिदा उअरु सबै सध्य म बौलाह पो होकी जस्तो पनि लाग्यो। किन अरुलाई यो बिषयले छोएन ? कोहि पैसै दिएर पुन्य कमाएको भन पाएकी ? मष्तिस्कमा घुमिनै रहे यो प्रश्न , काठमाडौँ महानगरले मानव आश्रम केन्द्र संग साझेदारी गरेको समाचार लेख्ने पात्रमा म अछुतो भएन ।
तैपनि महानगर बात खटिएका नगर प्रहरीको मुखैमा यो हर्कत म जस्तोले देखाउने पर्ने हो ? बालबालिका खोज तलास केन्द्रलाइ मैलेनै जानकारी दिनु पर्ने हो ? म जस्तालाई पक्ष्याउदै प्रश्नहुका यस्ता चाङ्ग आखिर कहिले सम्म पत्तो छैन।