काठमाडौ उपत्यकामा राति ८ बजेपछि सवारीसाधन चलाउन रोक, निषेधाज्ञा भदौ ८ सम्म

काठमाडौं।  काठमाडौ उपत्यकामा रातिको समयमा सवारीसाधन सञ्चालनमा गर्न नपाउने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले भदौ ८ सम्म निषेधाज्ञा थप गर्दै बिहीबारबाट लागू हुने गरी बेलुकी ८ बजेपछि सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाएको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार कोभिड-१९ भाइरसको संक्रमण बढ्दै जाँदा रात्रिकालीन समयमा हुने सवारीसाधनको आवतजावतमा नियेंत्रण तथा कडाइ गरिएको छ । अत्यावश्यक सवारीसाधन संचालमा कुनै रोक नहुने उनले बताए ।

यस अघि थप गरिएको निषेधाज्ञा बुधबार सकिँदैछ ।

Loading...