प्रधानमन्त्री देउवाले आज विश्वासको मत पाउन सक्ने बलियो अंक गणित यस्तो छ

काठमाडाैँ। प्रधानमन्त्री शेरबहादुर देउवाले आज विश्वासको मत पाउन सक्ने अंक गणित बलियो सम्भावना देखिए संगै मत जित्ने लगभग पक्का भएपछि आजै विश्वासको मत लिने भएका छन्।

 यस अगाडी सर्वाेच्च अदालतमा संसद विघटन बिरुद्द दायर भएको रिटमा देउवा पक्षमा १४६ जना सांसदले हस्ताक्षर गरेका थिए भने देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने दाबीसहित राष्ट्रपति कार्यालयमा पनि १४९ जना सांसदले हस्ताक्षर पेश गरेका थिए ।

सर्वाेच्चको आदेशबाट गएको असार २८ गते संसद पुनःस्थापना भइ सोही आदेश अनुसार देउवाले असार २९ गते मंगलबार प्रधानमन्त्रीसंवैधानले व्यवस्था गरेपछि देउवाले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । प्रधानमन्त्री बनेका देउवालाई संविधानको धारा ७६ को ५ अनुसार विश्वासको मतका लागि १३६ सांसदको समर्थन आवस्यक रहन्छ ।

देउवासँग कांग्रेसका मात्र ६१, माओवादीबात सभामुख बाहेक ४८, जसपाका १२ र जनमाेर्चाका १ गरी जसपाकाे उपेन्द्र यादव समूहमा ठाकुर महतोबात छुट्टिएर आएका ६ जना सांसद थपिएकाे दाबी गरिएकाे छ। यी सबै अंक गणित जोड्दा माधवकुमार नेपाल समूह बाहेकका
देउवाकाे समर्थनमा १२८ सांसदकाे समर्थन जुट्ने स्पस्ट देखिन्छ । माधव समूहका संसदलाइ अपुग संख्या जोड्ने हो भने पूर्णता संख्या बन्ने पक्का भएपछि देउवाले आजै विश्वासकाे मत लिने निर्णय लिएकाे श्राेतले जनाएकाे छ।

 

Loading...