काठमाडौंमा भेरोसेल खोपको पहिलो मात्रा लगाउने कार्यक्रम स्थगित

काठमाडौं । काठमाडौं जिल्लामा संचालित कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाउने अभियान स्थगित भएको छ ।
काठमाडौं जिल्लामा कोरोनाविरुद्धको खोप अभियानअन्तगर्त भेरोसेल खोपको पहिलो मात्रा लगाउने कार्यक्रम अर्को सूचना जारी नभएसम्मको लागि स्थगित गरिएको स्वास्थ्य कार्यालय काठमाडौंले आज एक सूचना जारि गरि जानकारी दिएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको असार २८ गतेको निर्णय र जिल्ला खोप तथा अनुगमन समितिको असार २९ गतेको निर्णय अनुसार कोभिड–१९ विरुद्धको भेरोसेल खोप अभियान असार २९ देखि साउन २ गतेसम्म सञ्चालन गर्ने निर्णय भएको थियो ।

जनस्वास्थ्य प्रशासकका प्रमुख बद्रीबहादुर खड्काका अनुशार स्वास्थ्य कार्यालयमा हाल मौजुदात रहेको भेरोसेल खोपको मौज्दात समाप्त भएको हुँदा अर्को सूचना नभएसम्म असार २ गते सम्म भेरोसेल खोपको पहिलो मात्रा लगाउने कार्यक्रम काठमाडौं जिल्लामा स्थगन गरिएको छ ।

Loading...