बिप्लव नेकपा केन्द्रीय सचिवालय सदस्य सुदर्शन अस्पतालबाट डिस्चार्ज

 

काठमाडौं। स्वास्थ्यमा सुधार आएसङ्गै नेकपा केन्द्रीय सचिवालय सदस्य हेमन्त प्रकाश ओली कमरेड सुदर्शन अहिले भर्खर गङ्गालल हस्पिटलबाट डिस्चार्ज हुनुभएको छ ।

एनसेल मुख्यालयमा २०७५ फागुन १० मा भएको बम बिष्फोटको घटनामा सम्लग्न भएको आरोपमा २ वर्ष ४ महिना अघि वलीलाई नख्खु कारागारमा राखिएको थियो ।

नख्खु कारागारमा बन्दी जीवन बिताइरहेका ओलीलाई गएको शुक्रबार हृदयघात भएपछि बाँसबारी स्थित सहिद गंगालाल हृदय रोग केन्द्र अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो।  सर्वोच्च अदालतले बिहिबार थुनामुक्त आदेश दिँदा उहाँको अस्पतालमा उपचार भइरहेको थियो।

Loading...