पूर्वेली लोकभाकामा ‘लाल ज्योती’

काठमाडौं । पूर्वेली लोकभाकामा गायक गंगाप्रसाद घिमिरेको नयाँ गीत ‘लाल ज्योती’को भिडियो सार्वजनिक भएको छ ।

गीतमा भानु ओली, रानु निरौला र नविना ओलीको समेत स्वर छ । गीतमा भानु ओलीको संगीत र शब्द छ ।

अरुण उपत्यकाको लय भाकालाई संकलन गरेर यो गीत तयार गरिएको छ । रोहित लाम्गादे निर्देशित भिडियोमा सुवोध रसाइली र अञ्जली माझी फिचर्ड छन् । भिडियोमा रोहितकै छायांकन छ ।

गायक घिमिरेले ढल्कदो उमेरसँगै मानिसको मुहारको लालज्योती घट्दै जाने र मानिसको बैस सधैँ नरहने प्रसंग यो गीतमा प्रस्तुत गरिएको बताए ।

आधा दशकदेखि लोक गायनमा सक्रिय गंगाप्रसाद यतीबेला आफुले यो गीत र यसको भिडियोबाट राम्रो प्रतिक्रिया पाएको बताएका छन् । उनी चाँडै अर्को नयाँ गीत पनि निकाल्ने तयारीमा छन् ।

Loading...