तलब बढाउन माग गर्दै ईसीडी शिक्षक धर्नामा, माग पूरा नभए थप आन्दोलन गर्ने

काठमाडौं । ईसीडी शिक्षक तथा कार्यालय सहयोगीलाई केन्द्रीय सरकारले तोकेको तलब सुविधा नछुट्याएको भन्दै नेपाल शिक्षक महासंघ झापा भद्रपुर नगरपालिका कार्यालयमा आज मंगलबारदेखि धर्नामा बसेको छ ।

नगरपालिकाको आगामी आर्थिक वर्षको बजेटमा ईसीडी शिक्षक तथा कार्यालय सहयोगीलाई दिइने तलबभन्दा धेरै न्यून छुट्याएको भन्दै नेपाल शिक्षक महासंघ भद्रपुर नगर समितिले केही दिनअघि नगरपालिकामा ज्ञापन पत्र बुझाएको थियो । पत्रको वेवास्ता गरेपछि बाध्यात्मक रूपमा धर्नामा बसेको हो । माग पूरा नभए थप आन्दोलनका कार्यक्रम ल्याइने महासंघले चेतावनी दिएको छ।

Loading...