उपप्रमुख सहित कांग्रेसका १४ जनप्रतिनिधिले गरे काठमाडौँ महानगरको नगरपरिषद् बहिष्कार

काठमाडौं । काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गी सहित कांग्रेसका जनप्रतिनिधि महानगरपालिकाको नगरपरिषद् बहिष्कार गरेका छन् ।

उपप्रमुख श्रेष्ठ खड्गीका अनुशार महानगरपालिकाको नीति तथा कार्यक्रम कार्यपालिका बोर्डबाट पारित गर्ने नियेमलाइ प्रमुख बिद्या सुन्दर शाक्यले एकलौटी ढंगबाट कार्यपालिका बोर्डबाट पारित नगरी नगरपरिषद्‍मा लैजान खोजिएको भन्दै कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले परिषद् बहिष्कार गरेका हुन् ।

उपप्रमुख श्रेष्ठ भन्नु भयो – ‘ काठमाडौं महानगरपालिकाको आज बोलाइएको नगरपरिषद् राष्ट्रियसभामा महानगर प्रमुख विद्यासुन्दर शाक्यले कार्यपालिकाको बोर्डबाट पारित नै नगरे आफ्नो पक्षकाहरुसंग मात्र छलफल गरि एकलौटी मनोमानी गरि नीति तथा कार्यक्रम परिषद्‍मा लैजान लागेकोमा म लगाएत कांग्रेसबात निर्वाचित १४ जनप्रतिनिधिले बहिष्कार गरेका हौ । प्रमुख ज्युले नीति तथा कार्यक्रम ल्याउने वैधानिक बाटोलाइ सोझै छलेको छ । यस कदमले उहाको स्वेच्छाचरीता प्रष्ट्याएको छ। मैले बमबार हामीलाई चुनेका महानगरवासीलाई कोविड बिरुद्दको नि:शुल्क खोप घर घरमा गएर दिउ , कोविडको मारमा नगरवासीमा परेको अहिलेको यो परिस्थितिमा कर घटाउ दायरा बढाऊ लगायतका हाम्रो प्रस्तावलाई उहाले कुनै स्थान दिएन। नगरवासीले उठाएका जनभावनाका बिषयमा हामीले पटक पटक उहा समक्ष राख्दा समेत गैर जिम्मेवार बनी हदै सम्मको निषेध बाटोमा उहा लगेपछि हामीले बाध्य भएर नगरपरिषद् बहिष्कार गरेका हौं। ,

नगरपरिषद बहिष्कार गर्नेमा कांग्रेसबाट निर्वाचित १४ जना वडा अध्यक्षहरु समेत रहेका छन् । नगरपरिषदमा एमालेको बहुमत भएका कारण एकलौटी ढंगले नीति तथा कार्यक्रम ल्याउन खोजिएको कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिको आरोप छ ।

Loading...