सामाजिक संजालमा नक्कली डिएसपीको पोसाक लगाएर भ्रम सिर्जना गर्ने ब्यक्ति पक्राउ

काठमाडौँ। आफूलाई नेपाल प्रहरीको डाक्टर / मेडिकल प्रहरी नायब उपरीक्षक (डिएसपी) बताउने तारकेश्वर नगरपालिका वडा नं. ६ बस्ने बर्ष ४४ को कृष्ण प्रसाद ढुङ्गानालाई अपराध महाशाखा बात खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

भिक्टोरिया फार्मेसीका संचालक समेत रहेका ढुंगानाको साथमा प्रहरीले नेपाल प्रहरीको बिभिन्न पदहरूको यूनिफम लगाएका फोटा थान -३, प्रहरी नायब उपरीक्षकको यूनिफम थान-१, नेपाल प्रहरीको जर्सि थान -१,मोबाईल सेट थान -१ बरामद गरेको छ।
महानगरीय अपराध महाशाखाले निज ढुंगानाबात कोही व्यक्ति निजबाट पिडित भएको भए नजिकको प्रहरी कार्यालय वा महाशाखामा सम्पर्क गर्न अनुरोध गरेको छ। निज बारेमा थप आवश्यक अनुसन्धान कार्य भइरहेको महाशाखाले जनाएको छ।

Loading...