एमाले-माकेकाे पत्रकार सम्मेलनबाटै पक्राउ गरियाे पत्रकार डुम्रेलार्इ

काठमाडौं, ५ मंसिर । प्रहरीले पत्रकार प्रकाश डुम्रेलाई एमाले-माओवादीको पत्रकार सम्मेलन स्थलबाटै गिरफ्तार गरेको छ । रुपन्देही एमाले र माअाेवादी केन्द्रले जिल्ला पार्टी कार्यालय बुटवलमा अायाेजना गरेकाे समंयुक्त पत्रकार सम्मलेनकाे रिपाेर्टिङका लागि पुगेका पत्रकार डुम्रेलार्इ प्रहरीले पत्रकार सम्मेलन स्थलबाटै गिरफ्तार गरेकाे हाे ।

गर्जन पाेष्ट साप्ताहिकका प्रधान सम्पादक डुम्रे नेपाल पत्रकार महासंघ रुपन्देही शाखाका कार्यसमिति सदस्य समेत हुन् । प्रेस स्वतन्त्रताको धज्जी उडाउदै पत्रकारमाथि धरपकड गरेर गिरफ्तार गरेको भन्दै नेपाल पत्रकार महासंघ,रुपन्देही साखाले आपत्ति जनाएको छ । महासंघले डुम्रेको तत्काल रिहाइको माग समेत गरेको छ ।

यता क्रान्तिकारी पत्रकार संगठन नेपालले आफ्ना लुम्बिनी ब्युरो संयोजक पत्रकार डुम्रेलाई गिरफ्तार गरेको भन्दै घोर भत्सर्ना गरेकाे छ । संगठनका अध्यक्ष प्रभात चलाउनेले सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि निरन्तर हस्तक्षेप गरेर लाेकतन्त्रकाे खिल्ली उडाएकाे बताए ।

प्रहरीले पत्रकारहरुलाई गिरफ्तार गर्ने, घरमा खानतलासी गर्ने, परिवारका सदस्यलाई फोन गरेर मनोवैज्ञानिक यातना दिने कार्य तीब्र पारेको भन्दै उनले राज्यको त्यस प्रकारको ज्यादतीको बिरोध गरेका छन् ।

‘संविधानले प्रत्याभूत गरेका मौलिक अधिकार अहननीय अधिकार हुन् । त्यसको संरक्षण गर्नपर्ने सरकारले उल्टै कुल्चदै हिड्नु निन्दनीय छ।’ अध्यक्ष चलाउनेले भने,- नाम नै संकलन गरेर माथिकाे अादेश भन्दै पत्रकारहरूलार्इ कार्यकक्ष र कार्यक्षेत्रबाटै गिरफ्तार गर्नु भनेकाे अाम प्रेस जगतमाथिकाे हमला हाे ।’

नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सचिव समेत रहेका अध्यक्ष चलाउनेले डुम्रेसहित गिरफ्तार गरिएका सबै पत्रकारहरुकाे स-सम्मान रिहाइको माग गरेका छन् । पत्रकार डुम्रे क्रान्तिकारी पत्रकार संगठनका केन्द्रीय सदस्य तथा लुम्बिनी अञ्चल संयोजक समेत हुन् । प्रहरीले डुम्रेसहित देशभरबाट ८ जना पत्रकारहरुलाई गिरफ्तार गरेर हिरासतमा राखेको छ ।

Loading...