महन्तलाई बाबुरामले गराए स्मरण :‘संविधान पूरै गिलास खाली गर्ने शक्तिका मतियार बन्नसक्दैनौं ’

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)मा २ धार देखिएका बेला पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले अर्को महन्त पक्षलाई जसपा मधेशको मात्रै पार्टी नभएको स्मरण गराएका छन्।

नागरिकता अध्यादेश जारी भएपछि माग पूरा भएको भन्दै सरकारमै सहभागि हुने तयारी महन्त ठाकुर, राजेन्द्र महतो पक्षले गरेपछि बाबुरामले जसपा मधेशको मात्रै शक्ति नभएको बताएका हुन।

उनले बुधबार सामाजिक संजाल मार्फत भने –जसपाका नेता साथीहरूको स्मरणार्थ:१.यो संविधान आधा भरी आधा खाली गिलास भन्दै पूरै भर्न हिॅडेका हामी पूरै खाली गर्ने शक्तिका मतियार बन्नसक्दैनौं;२.जसपा हिमाल/पहाड/मधेस जोड्ने वैकल्पिक शक्ति हो कुनै एक क्षेत्र/जातिमा सीमित पुरानैको डुप्लिकेट हैन;३.हामी सबैका मित्र हौं कसैका दास हैनौं!

 

 

Loading...