६ थानको ३० हजार पर्ने Remdesivir १ लाख २० हजारमा बेच्ने कालोबजारी पक्राउ

काठमाडौँ। कोभिड-१९ संक्रमित व्यक्तिलाई आवश्यक पर्ने ६ थानको Remdesivir ३० हजार पर्ने१ लाख २० हजारमा बेच्ने कालोबजारी पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाले Remdesivir Injection को कालो बजारी भैरहेको छ भन्ने सुचनाका आधारमा टोखा बस्ने बर्ष-२५ को रफिक मियालाई Remdesivir Injection ६ थान सहित बिहिबार नियन्त्रणमा लिएको हो। महाराजगंजस्थित निलकण्ठ लम्सालको नाममा दर्ता रहेको सेवक फर्माका दिपक ढकालसँगको मिलेमतोमा उक्त औषधी ल्याएको खुल्न आएको र हाल उनि फरार रहेको प्रहरीले जनाएको छ।
बाहिर बजारमा सजिलै उपलब्ध नहुने Remdesivir इन्जेक्शन कोभिड-१९ उपचारको लागी तोकिएका अस्पतालहरुलाई नेपाल सरकार स्वास्थ्य मन्त्रालय मार्फत उपलब्ध गराउने गरेको छ । उक्त औषधी के कसरी बाहिरी औषधी पसलसम्म पुर्‍याईयो तथा यस प्रकरणमा अन्य क-कस्को संलग्नता र मिलेमतो छ भन्ने विषयमा समेत थप अनुसन्धान भईरहेको महाशाखाले जनाएको छ ।

Loading...