गाएक प्रेमध्वज प्रधानको निधन

काठमाडौं – बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन भएको छ ।
सास फेर्न गाह्रो भएको र छातीमा समस्या देखिएपछि आज बिहिबार करिब १ : ४५ मा उनलाई बसुन्धरास्थित न्यूरो अस्पतालमा पुर्याइएको थियो ।

उपचारका क्रममा निधन भएको उनका परिवार निकटले जानकारी दिए ।

सिन्धुपाल्चोकको चाैतारामा जन्मिएका ८२ वर्षीय प्रधानका परलैजाउ फूलहरु , घुम्तीमा नआउ है…, तिमीलाई अचेल कहाँ देखुँ.., गोरेँटो यो गाउँको…,  जस्ता चर्चित गीतहरु रहेका छन् ।

Loading...