निषेधाज्ञा अझ कडा गरिने , साइकल चलाउन समेत नपाउने

काठमाडौं । कारोना संक्रमितको संख्या बढेको कारण निषेधाज्ञा कडाई गर्न लागिएको छ ।

उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले गरेको निर्णय अनुसार निषेधाज्ञा कडाई पारिएको हो ।

प्रसाशनले अतिआवश्यक काममा बाहेक घर बाहिर हिडडुल गर्न नपाइने र साइकल समेत चलाउन नपाउने नियम लागू गरेको छ ।

यसैगे दैनिक उपभोग्य सामान खरिदका लागि पसलहरु विहान ७ देखि ९ बजेसम्म मात्रै खोल्न दिने निर्णय पनि भएको छ ।

स्वास्थ्यविज्ञहरुले अनिवार्य मास्कको प्रयोग गर्न, स्यानिटाइजर प्रयोग गर्न वा साबुनपानीले हात धुन आग्रह गरेका छन् ।

यस्तै अतिआवश्यक कामबाहेक घर बाहिर ननिस्किन पनि प्रशासनले आग्रह गरेको छ।

Loading...