कमिसन नमिलेकै कारण कोरोना भ्याक्सिन रोकेको भन्ने खबरले लज्जित ः – डा. कोइराला

काठमाडौं । नेपाली कांग्रसका नेता डा. शेखर कोइरालाले कोराना महामारीले निमित्यएको बिकराल परिस्थितिमा कमिसन नमिलेकै कारण कोरोना भ्याक्सिन रोकेको भन्ने खबरले लज्जित बनाएको बताउनुभएको छ ।

कोइरालाले व्यावसायीहरु बिजय दुगड र रितु वैद्य प्रधनमन्त्री केपी ओली निकट भएको र कमिसनकै कारण भ्याक्सिन रोकेको भन्ने खबरले लज्जित बनाएको सामाजिक संजालमा आफ्नी अभिव्यक्ति पोष्ट गर्नु भएको हो ।

बिहीबर सामाजिक सञ्जालमा लेख्दै कोइरालाले प्रश्न गर्नु भएको छ, ‘महामारीको कहालिलाग्दो समयमा जनतामाथि यति ठुलो धोका ?’

प्रधानमन्त्रीकै छत्रछायाँमा रहेका व्यावसायीहरुले जनस्वास्थ्य माथि गरेको यति ठुलो अपराध र बेइमानी कदापि क्षम्य हुन नसक्ने कोइरालाले ठोकुवा गर्नुभयो । 

Loading...