चोरिएका २६ थान मोटरसाइकल र स्कुटरहरू सम्बन्धित धनिलाई हस्तान्तरण

 

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथले विभिन्न स्थानबाट चोरिएका २६ थान मोटरसाइकल र स्कुटरहरू सम्बन्धित धनिलाई हस्थान्तरण गरेको जिम्मा छ।

महाशाखाले आज अयोजनागरेको कार्येक्रममा प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले देशका विभिन्न भागबाट चोरी गरी विभिन्न स्थानमा छाडिएको उक्त मोटरसाइकल सम्बन्धित धनिलाई हस्तान्तरण गरिएको हो। चोरसहित पक्राउ गरिएका अन्यमोटरसाइकलमाथि सम्बन्धित वृत्तहरूमा मुद्दा चलिरहेको र मुद्दाको किनारा लागे लगत्तै सम्बन्धित धनिलाइ हस्तान्तरण गरिने एसएसपी भट्टराईले जानकारी दिनु भयो । उपरीक्षक भट्टराईले भन्नु भयो “अधिकांश मोटरसाईकलहरू एकान्त तथा सुनसान स्थानबाट चोरी हुने गरेको पाईएको छ भने चोरी भएका मोटरसाईकलहरू नम्बर प्लेट र स्वरुप परिवर्तन गरी नक्कली कागजपत्र बनाई वेचबिखन गर्ने गरेको पाईएको छ ।”
ट्राफिक प्रहरीले बिशेष सूचना संकलन गरि अपरेसनबाट मोटरसाइकलहरु बरामद गर्द्छन् भने चोरीमा संलग्न मानिसहरुलाई पक्राउ गरी आवश्यक कारबाहीको लागी विभिन्न प्रहरी बृत्तहरुमा पठाउने गर्द्छन र अन्य अनुसन्धान पश्चात फेला परेका र बरामद गरेका मोटरसाइकलकहरु सम्बन्धित धनीलाई सम्पर्क गरि बुझाउने गरेको महाशाखाले जनाएको छ ।
यस आर्थिक वर्षमा मात्रै हराएका ३५७ वटा मोटरसाइकल खोजतलास गरि सवारी धनीलाई जिम्मा लगाउनुको साथै चोरीमा संलग्न ४७ जना व्यक्तिहरूलाई पक्राउ गरी विभिन्न प्रहरी बृत्तहरु मार्फत मुद्दा चलाएको महशाखाले जनाएको छ ।
चोरी भएको थाहा पाउनसाथ नजिकको प्रहरी वा ट्राफिक प्रहरीको हटलाईन १०३ वा अनलाईन सेवा Lost Vehicle Application मा लगईन गरेर निवेदन दिने सकिने व्यवस्था समेत ट्राफिक महाशाखाले गरेको छ ।

कार्यक्रममा हराएका मोटरसाइकल खोजतलास गर्ने उत्कृष्ट प्रहरी कर्मचारी प्रहरी सहायक निरीक्षक धन बहादुर क्षेत्रीलाई सम्मानित पनि गरिएको थियो।

Loading...