काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्य र उप-प्रमुख खड्गीलाइ नागरिक अभिनन्दन

काठमाडौँ महानगर पालिका प्रमुख बिद्या सुन्दर शाक्य तथा उपप्रमुख हरि प्रभा खड्गी श्रेष्ठलाइ नागरिक अभिनन्दन गरिएको छ। काठमाडौँ महानगर भित्रका सामुदायिक़ तथा निजि बिद्यालयमा नेपालभाषा माध्याम बात स्थानीय बिषय बात पठन पाठन गराउन पहल गरे बापत नेवा पत्रकार राष्ट्रिय दबु काठमाडौँ शाखा ( नेवार पत्रकार छाता संगठन ) ले काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्य तथा उप-प्रमुख खड्गीलाइ आज बसन्तपुरमा अभिनन्दन गरिएको हो ।कार्येक्रमका प्रमुख अतिथि उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपालमा रहेका सबै भाषाको जगेर्ना हुन आवश्यक भएको बताउनुभएको छ । काठमाडौं महानगरपालिकाले ढिलै भए पनि उपत्यकामा नेपालभाषा (नेवार भाषा ) मा पढाउने कार्य शुरु गरेको बताउँदै उहाँले नेपाली भाषा माध्यम भाषा भए पनि स्थानीय भाषा पनि कामकाजको भाषाको रुपमा प्रयोग गर्न पाउने संविधानमा उल्लेख भएको बताउनुभयो । प्रमुख शाक्य तथा उपप्रमुख खड्गी श्रेष्ठको बिषेस पहलमा महानगरले आधारभूत तहको स्थानीय पाठ्यक्रम तथा पाठ्यपुस्तक ‘‘ यँ देय् म्हसीके ’’ (काठमाडौं चिनौं) पुस्तक प्रकाशन गरेको छ। महानगरभित्रका चाडपर्व, संस्कार संस्कृति, सीप कौशल, व्यवसाय, नैतिक शिक्षा, भौगोलिक प्राक् स्वरुप, स्वास्थ्य र सरसफाई, रहनसहन, व्यक्तित्व परिचय, भाषा र लिपी जस्ता विषय र काठमाडौंका प्रमुख जाति नेवारको जनजीवन, कला, खानपान, जात्रापर्व, भाषा, लिपी, परम्परागत खेलजस्ता विषय समेटिएका छन् । बालबालिकालाई परम्परागत ज्ञान सीपबारे जानकारी दिने गरी पाठ्यक्रम विकास गरिएको छ ।

उक्त कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको विशेष उपस्थिति रहेको थियो । नागरिक अभिनन्दन कार्यक्रम हुनुअघि सांस्कृतिक झाँकीले नगरपरिक्रममा गरेको थियो । 

 

 

 

 

 

 

फोटो – बुद्ध शरण शाही-

 

 

Loading...