आशापुरी महादेव क्षेत्र प्राकृतिक मनोरम तीर्थ स्थल

साँगाबाट दक्षिण अवस्थित तथा भक्तपुर डोलेश्वरबाट ६ किलोमिटरको दुरीमा अवस्थित प्रशिद्द आशापुरी महादेव क्षेत्र प्राकृतिक मनोरम तीर्थ स्थलको रुपमा प्रख्यात छ। आशापुरी महादेव नैचाल र काँक्रेबारी दुई नदीको संगमस्थल दोभानमा अवस्थित छ । चारैतिर पहाडले घेरिएको खोचमा रहेको स्थल प्राकृतिक दृष्टिले अति रमणीय छ । मन्दिरको अग्रभाग दक्षिणतर्फ फर्किएको छ । मन्दिरभित्र विराजमान आशापुरेश्वर महादेवको चार मुखी शिवलिङ्ग सानो कालो पत्थरको छ जुन अति सुन्दर देखिन्छ । 

शिवलिङ्ग वरिपरि बेरिरहेको तामाको नागको आभूषणले मूर्तिलाई थप आकर्षित बनाएको छ । भौतिक संरचना को हिसाबमा त्यति सम्पन्न नभएता पनि धार्मिक महत्वको रुपमा आशापुरी देवस्थल प्रशिद्द छ। प्रत्येक बर्ष माघ १ माघे संक्रान्तिका दिन र जनै पुर्णिमाका दिन धामी झाक्री सहित् ठुलो मेला लाग्ने गर्दा छ। आफ्नो मनमा कुनै कल्पना आयो भने त्यो आंकाक्षा पुरा गर्न आशापुरेश्वर महादेवको भागक गर्ने गर्दछन् । आशापुरेश्वर महादेवमा रुद्री लगाएर चण्डी पाठ गर्नले निःसन्ताललाई सन्तान मिल्ने जनविश्वास रहि आएको छ । यातायातको सरल सुबिधा रहेको एस स्थानमा पुग्न सुर्येबिनायेक र साँगा भएर पुग्न सकिन्छ। सोमबार र शनिबार अरुदीन भन्दा चहल पहल रहने यहा पर्याप्त संख्यामा खाजा होटेलहरु रहेका छन्। काठमाडौँ वरपर घुम घाम गर्ने मनोरम स्थल मध्ये आशापुरी आन्तरीक धार्मिक पर्येतकको गन्तव्यको रुपमा विकास हुदै गएको पाइन्छ।

Loading...