कीर्तिपुरका चार सहिदको सम्झनामा जिल्लास्तरीय अन्तरकलेज खो खो प्रतियोगिता फाइनल आज

काठमाडौं। काठमाडौं जिल्ला खो खो संघ र कीर्तिपुर नगरपालिका वडा १० कार्यालयको संयुक्त आयोजनामा प्रथम काठमाडौं जिल्लास्तरीय अन्तरकलेज खो खो प्रतियोगिताको आज फाइनल प्रतिस्पर्दा हुने भएको छ ।
२०४६ सालका जनआन्दोलनका क्रममा कीर्तिपुरका चार सहिदको सम्झनामा शुक्रवार बात १३ औं दक्षिण एसियाली खेलकुदको खो खोको प्रतिस्पर्धा भएको किर्तिपुर स्थित कभर्डहलमा प्राम्भ भएको हो । दुइदिन सम्म संचालन हुने प्रतियोगिताको किर्तिपुर नगरपालिकाका मेयर    रमेश महर्जनले उत्घाटन गर्नु भयो ।
प्रतियोगितामा छात्र छात्रामा समान पाँच–पाँच गरी दस टिमको सहभागिता रहेको छ। दुवै समूहमा सहभागीले पहिले एक आपसमा राउन्ड रोविन लिगका आधारमा खेलेका छन् । शीर्ष चार टोली सेमिफाइनलमा पुग्ने गरि खेलिएको खेलमा आज फाइनल खेल हुने नेपाल खो खो संघका कार्यवाहक अध्यक्ष प्रदीप महर्जनले जानकारी दिनुभयो ।
खो खो खेल पनि अरु खेलहरु जस्तै जीवनोपयोगी बनाउनको लागि प्रतियोगिता आयोजना हुन लागेको कार्यवाहक अध्यक्ष महर्जनले बताउनुभयो । 

Loading...