देशभरका सबै शैक्षिक संस्था ४ दिनका लागि बन्द

 

काठमाडौँ। काठमाडौँ उपत्यकालगाएत विभिन्न स्थानमा देखापरेको वायु प्रदुषणका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्ने देखिएपछि सरकारले देशभरका सबै शैक्षिक संस्था ४ दिनका लागि बन्द गर्ने निर्णय गरेको छ ।

शिक्षा बिज्ञान ,प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रलायमा बसेको आकस्मिक बैठकले बिज्ञप्ति जारि गर्दै यस्तो निर्णय गरेको हो । चैत १७ गते मंगलबारदेखि २० गतेसम्म शैक्षिक संस्था बन्द गरिने भएको छ ।

केही दिनदेखि तुवाँलोको कारण काठमाडौँ लगायतका स्थानमा वायु प्रदुषण बढ्दै जाँदा यहाँको जनजीवन प्रभावित बनेको छ । जनस्वास्थ्यका लागि हानिकारक हुने भएकाले केही दिन स्कुल-कलेज बन्द गरेर विद्यार्थीहरुको स्वास्थलाई सुरक्षित राख्न यस्तो निर्णय गरिएको शिक्षा मन्त्रालयले जनाएको छ ।

वायु प्रदूषण बढेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एस अगाडिनै सबैलाई सावधानी अपनाउन अपिल गरिसकेको छ। मन्त्रालयले सर्वसाधारणलाई स्वास्थ्य सावधानी र सतर्क रही बिनाकारण घरबाहिर ननिस्किन, अनावश्यक रूपमा सवारीसाधन नचलाउन, फोहोर नचलाउन र धूलो र धुवाँ उत्सर्जन हुनेखालका निर्माण कार्य नगर्न आग्रह गरेको छ।

Loading...