चौथो विश्व नेवाः दिवस भव्यरुपमा मनाइने

 

काठमाडौं । विश्वभरमा रहेका नेवार समुदायको एकिकृत संगठन हलिं नेवाः दबू नेपाल च्याप्टरले चौथो विश्व नेवाः दिवस मनाउने भएको छ ।

संगठनले चैत्र १४ गते शनिवार बसन्तपुर डवलीमा विभिन्न कार्यक्रमका गरी मनाउने जानकारी मंगलबार आयोजित पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।

नेवार समाज र नेपालभाषाको विकासको लागि गरेका आठ जना विशिष्ट व्यक्तित्वहरुलाई सम्मान गरिने कार्येक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको प्रमुख आतिथ्यमा हुने तय गरिएको दबूका प्रचार प्रसार संयोजक नविन जोशीले जानकारी दिए ।
सो अवसरमा लोकप्रिय गायक स्व. रमेश ताम्राकारको सम्झनामा स्थापपित पुरस्कार पहिलोपटक नगदकासाथ प्रदान गरिने भएको छ ।
यसै गरि नेपाल चीन दुवै गरमाथा आरोही पत्रकार कल्पना महर्जनलाई नगदसहित विशेष सम्मान गरिने भएको छ। उनले गिनिज बुक अफ वल्र्ड रिकर्डमा नाम लेखाउन सफल भई नेपाल र नेवार समाजको इज्जत बढाउन सफल भएकोमा सम्मान गर्न लागेको जोशीले बताए ।

कार्यक्रममा नेवाः अगुवाहरु मल्ल के.सुन्दर, परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ र डा. महेशमान श्रेष्ठले नेवाः समुदायको वर्तमान अवस्था, चुनौती र अवसरका बारेमा चर्चा समेत गरिने छ ।

कार्येक्रम अवधिभर नेवार खानाका परिकार स्टल, नेवार सस्कृति झल्किने पुराना पुर्खाहरुको तस्वीर, सास्कृतिक कार्येक्रम प्रदर्शन, नेवार समुदाय आवद्द भाषा साहित्य लगाएत पुस्तकहरुको स्टललहरु समेत राखिने कर्यक्रम प्रमुख संयोजक सुरेन्द्रभक्त श्रेष्ठले जानकारी दिए ।

सन् २०१८ देखि सञ्चालित विश्व नेवाः दिवश मनाउने कार्यक्रम गत बर्ष स्न २०२० मा कोभिडको कारण जुमबाट बनाउन बाध्य भइएपनि यो बर्ष खुला रुपमा मनाउन पाएकोमा आफूहरु भाग्यमानी भएको शाक्य सुरेनले खुशी व्यक्त गरेका थिए ।

 

Loading...