मालपोत अधिकृत घुस,श्रोत नखुलेको रकम सहित अख्तियारको नियेंत्रणमा

भूमिसुधार तथा मालपोत कार्यालय कञ्चनपुरका मालपोत अधिकृत लोकराज जोशीलाइ सेवाग्राही संग अतिरिक्त लिएको रकम साथमा रहेको श्रोत नखुलेको रकम सहित अख्तियारले नियेंत्रणमा लिएको छ।
मालपोत अधिकृत लोकराज जोशीले जग्गा नामसारी तथा अंशबण्डा गरिदिएवापत सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरबाट खटिई गएको टोलीद्वारा निज लोकराज जोशीलाई सेवाग्राहीबाट लिएको रु. २४,०००।– (चौबीस हजार रुपैयाँ) र स्रोत नखुलेको रु.५५,०००।– (पचपन्न हजार रुपैयाँ) गरी जम्मा रु. ७९,०००।– (उनान्असी हजार रुपैयाँ) रकमसहित मालपोत कार्यालय कञ्चनपुर नजिकै रहेको सिटी क्याफे पछाडिबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

Loading...