रकम सहित वडा सचिव अख्तियारको नियेंत्रणमा

काठमाडौँ – सेवाग्राही संग अतिरिक्त रकम लिएको आरोपमा का.म.न.पा. वडा नं. ३० का वडा सचिव भरत कुमार पोखरेलाइ अख्तिया दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंले नियन्त्रणमा लिएको छ ।

सचिव भरत कुमार पोखरेललाइ निर्माण कार्य सम्पन्न पश्चात बिल भुक्तानी दिएवापत सेवाग्राहीसँग लिएको अतिरिक्त ४ लाख सहित बिहिबार नियेंत्रणमा लिएको हो। सेवा ग्राही संग रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले निज भरत कुमार पोखरेललाई अतिरिक्त रकम लिइसकेको अवस्थामा उक्त रकमसहित निजकै कार्यकक्षबाट नियन्त्रणमा लिएको आयोगले जनाएको छ। आयोगले सचिव पोखरेलमाथि अनुसन्धान गरिने जनाएको छ ।

Loading...