राष्ट्रवादी केन्द्र नेपालले असहयोग आन्दोलन अभियान चलाउने

काठमाडौं । राष्ट्रवादी केन्द्र नेपालले सरकार बिरुद्द राष्ट्रवादी केन्द्र नेपालले असहयोग आन्दोलन अभियान चलाउने भएका छन्। सरकारलाई सबै खालको कर नतिर्न र शान्तिपुर्ण भद्र अवज्ञा अभियानलाई साथ दिन सम्पुर्ण राष्ट्रवादी, धर्म–संस्कृति सस्कृति पक्षधर संघ–संगठनहरु, राष्ट्रिय उद्यमी व्यवसायीहरु तथा आम जनसमुदायहरुलाई आग्रह गरेको छ । आइतबार रिपोर्टर्स क्लब नेपालमा कार्यक्रमको आयोजना गरेर सरकारविरुद्व केन्द्रले शान्तिपुर्ण अवज्ञाका कार्यक्रमहरुलाई साथ दिन आग्रह गरेको हो ।

 

कार्यक्रममा राष्ट्रवादी केन्द्र नेपालका संयोजक चन्द्र बहादुर थापाले बोन, शाक्त, शैव, शाङ्ख्य, ब्रहम÷वैदिक, बौद्ध, जैन र प्रकृतिपूजक धर्मदर्शनले सिञ्चित पवित्र भूमी नेपाल भएको बताए । सरकार र व्यवस्थाका त्रुटिहरु, बेथिति, अन्याय, अत्याचार, भ्रष्ट्राचार र राष्ट्रघातको बिरुद्धमा जनस्तरबाट सुरुवात गर्नुपर्ने उनले धारणा राखे ।

संघका प्रमुख माधव खत्रीले जनताको हितको लागि शान्तिपूर्ण अवज्ञाका कार्यक्रमहरुलाई केन्द्र देखि स्थानीय तह सम्म साथ दिन आग्रह गर्दै नेपालको समग्र प्रणालीलाई माटो सुहाउँदो बनाउने लक्ष्य पुरा नहुन्जेल संगठनले आजैदेखि शान्तिपूर्ण भद्र अवज्ञाका कार्यक्रमहरुलाई निरन्तरता दिने बताए।
राष्ट्रवादी नेवा सञ्जालका उपप्रमुख साधुराम महर्जनले जनताको जनजीविका, धर्म संस्कृतिको संरक्षण, राष्ट्रिय पुँजी लगानीको पक्षमा सरकारले ध्यान नदिएको र राष्ट्र, राष्ट्रियता, वैदिक सनातन धर्म संस्कृति, जनजिविका र राष्ट्रिय पूँजी/लगानीको पक्षमा केन्द्र नेपालले विगत ५ बर्ष देखी संघर्ष गर्दै आइरहेको जानकारी दिए ।

राष्ट्रवादी गुठी विभाग प्रमुख तथा पशुपतिका पुजारी केदारमान राज भण्डारीले सम्पुर्ण राष्ट्रवादी, धर्म संस्कृति पक्षधर संघ–संगठनहरु, राष्ट्रिय उद्यमी व्यवसायीहरु तथा आम जनसमुदायहरुलाई केन्द्रको शान्तिपुर्ण भद्र अवज्ञा अभियानलाई साथ दिन सबैलाई आग्रह गरे । उनले वर्तमान सरकारले धर्म सस्कृति , सम्पदा , समुदायलाइ बिनाश गर्न विभिन्न योजना परियोजना अगाडी सरेको आरोप लगाए।

राष्ट्रवादी चिन्तन समुहका प्रमुख डा.अमोद तामाङले फागुन २१ गते काठमाडौं लगायत देशभरका शहरहरुमा भएको बृहत कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नेे सम्पूर्णमा आभार ब्यक्त गरे ।

 

 

 

 

 

 

Loading...