नेकपा खारेज गर्ने र पार्टी एकीकरणसम्बन्धी सर्वोच्च अदालतको फैसला आफूले मान्ने

काठमाडौं। प्रधामन्त्री केपी ओलीले  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई खारेज गर्ने र पार्टी एकीकरणसम्बन्धी सर्वोच्च अदालतको फैसला आफूले मान्ने बताउनु भएको छ ।

संसद भवन बानेश्वरबाट बाहिरिने बेलामा आइतबार दिउँसो पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले अदालतको फैसला मान्ने बताएका हुन्।

नेकपा (एमाले) ब्युतिन्छ कि ? भन्ने प्रश्नमा उनले फैसलाको पूर्णपाठ हेरेपछिमात्र यो विषयमा बोल्ने बताउनु भयो ।

यसैगरि नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतको फैसला अपेक्षा गरेभन्दा फरक आएको प्रतिक्रिया दिनुभएको छ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नाम दर्ताका क्रममा निर्वाचन आयोगबाट भएको निर्णयलाई सर्वोच्चले त्रुटिपूर्ण भन्दै बदर गरेपछि संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले निर्णय अपेक्षा गरेभन्दा फरक आएको बतानुभएको हो ।

सर्वोच्चले आइतबार ऋषि कट्टेल नेतृत्वको नेकपालाई मान्यता दिँदै हाल सत्तामा रहेको नेकपाको दर्ता खारेज गर्दै तत्कालिन एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएको छ।

Loading...