नेपालको पहिलो फ्लाइओभर पुल ग्वार्को चोकमा निर्माण हुने

फागून २३ ,काठमाडौं ।नेपालको पहिलो फ्लाइओभर ग्वार्को चोकमा बन्ने भएको छ ।
फ्लाइओभर बनाउन यो वर्षको अन्तसम्म बोलपत्र आह्वान गरी यसै आर्थिक वर्षभित्र निर्माण कम्पनी छनोट गर्ने सडक विभाग गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ ।

ग्वार्को, सातदोबाटो र एकान्तकुना चोकमा (ग्रेड सेपरेटेड इन्टरसेक्सन) निर्माणमा रहेको भन्दै केन्द्रले यी तीन चोकमध्ये पहिलो चरणमा ग्वार्को चोकको फ्लाइओभर निर्माणमा जुटेको जनाएको छ ।

यो क्षेत्रमा सवारी चाप बढी देखिएकाले तत्काल सवारी व्यवस्थापन गर्नका लागि ग्वार्को चोकको फ्लाइओभर निर्माण गर्नुपरेको केन्द्रले जनाएको छ । विकास केन्द्रका अनुसार ग्रेड सेपरेटेड इन्टरसेक्सनको डिजाइन गर्दा अन्डरपास र फ्लाइओभर दुवै बनाउन सक्ने गरी डिजाइन तयार गरिएको छ ।

यो वर्षमा कलंकी–कोटेश्वर सडक खण्डमा निर्माणका लागि ग्वार्को, सातदोबाटो र एकान्तकुनामा अन्डरपास निर्माणका लागि डिजाइनको काम पूरा भएको र ग्वार्को चोकमा भने यसै वर्षबाट नै निर्माणमा जुटेको हो । पहिलो चरणमा ग्वार्को चोकमा फ्लाइओभर, सातदोबाटो र एकान्तकुनामा अन्डरपास बनाउने गरी तयारी थालिएको विकास केन्द्रका प्रमुख विजय जैशीले बताए ।

Loading...