महान्यायाधिवक्ता कार्यालयले जारी गरे यस्तो विज्ञप्ति

फागुन ११ , काठमाडौं । महान्यायाधिवक्ता अग्नि प्रसाद खरेलले आफूले राजीनामा दिएको भन्ने प्रकाशित समाचार सत्य नभएको र आफुले राजिनामा नदिएको बताएका छन् ।

मंगलबार अनलाइन मिडियाहरुमा खरेलले राजीनामा दिएको समाचार प्रकाशित भएपछि खरेलले विज्ञप्ति जारी गर्दै आफूले राजीनामा नदिएको जानकारी दिएका हुन् ।

महान्यायाधिवक्ताको कार्यलायेले मंगलवार जारी गरेको विज्ञप्तिमा खरेलले राजीनामा दिने सोच नबनाएको, राजीनामा दिनुपर्ने कुनै परिस्थिति पनि नरहेको र नियमित रुपमा कार्यालयमा उपस्थित भइ कामकाज गरिरहेको उल्लेख गरेका छन् ।

Loading...