सरकारसँग वार्ता गर्न विप्लवको विज्ञप्ति (विज्ञप्ति सहित)

काठमाडौँ । विद्रोही नेपाल कम्युनिष्ट पार्टीले सरकारसँग वार्ताका लागि तयार रहेको जनाएको छ । सो पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले शनिवार एक विज्ञप्ति जारी गर्दै सहज वातावरण बने वार्ता गर्न तयार रहेको बताएका हुन् ।

विप्लवले विज्ञप्तिमा सहज वातावरण र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्था भएमा सरकारसँग सम्वाद र वार्ताको लागि सकारात्मक रहेको बताएका छन् ।

महासचिव विप्लवले विज्ञप्तिमा क्रान्ति राष्ट्र, समाज, अग्रगामी रुपान्तरण एवम् जनसमुदायको हित र अधिकारको लागि सम्बाद र बार्ताको लागि तयार रहेको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो क्रान्ति राष्ट्र, समाज, अग्रगामी रुपान्तरण एवम् जनसमुदायको हित र अधिकारको लागि गरिएको सचेत पहल हो । यसको प्रक्रियामा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग सम्बाद र बार्ताको लागि सकारात्मक रहेको विषय सबैमा जानकारी गराउँदछौँ ।’

हेर्नुहोस विज्ञप्ति –

Loading...