काठमाडौँ महानगरका पाँच स्थानमा वाटर एटीएम सेवा, १ रुपैयाँमा प्यास मेटाउन सकिने

काठमाडौँ ।  काठमाडौँ महानगरपालिका र खानेपानी मन्त्रालयअन्तर्गतको काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डको सहकर्येमा महानगर क्षेत्रभित्र पाँच ठाउँमा वाटर एटीएम जडान सुरु भएको छ । ‘प्लाष्टिक रहित सहरको परिकल्पनामा सहभागी बनौँ ’ भन्ने नारालेखिएको बोर्डसँगै काठमाडौँ महानगरपालिका वडा–१६ स्थित बालाजु बाइसधारा उद्यानको प्रवेशद्वारमा बिहिबार खानेपानी मन्त्री मणिचन्द थापाले वाटर एटीएमको उद्घाटन गर्नुभयो । रत्नपार्क परिसर शंखधर उद्यानको प्रवेशद्वार, स्वयम्भू, बालाजुमा क्रमस मन्त्री थापाले उद्घाटन गर्नु भएको हो। मन्त्री थापाले आधुनिक प्रविधिसँग जोड्दै काठमाडौँ महानगपालिकासँगको सहकार्यमा पहिलो पटक ‘वाटर भेन्डिङ मेसिन’को उद्घाटन गर्न पाउँदा खुशी लागेको बताउनुभयो ।
काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बार्डका कार्यकारी निर्देशक सञ्जिव विक्रम राणाले करीब २ करोडको लगानीमा उपत्यकाका १५ स्थानमा यस्तो मेसिन राख्ने तयारी स्वरुप पहिलो चरणमा तीन स्थानको उद्घाटन गरेको बताउनुभयो । उहाँले प्रत्येक वुथमा करीब १५ लाख लगानी रहेको पनि जानकारी दिनुभयो ।
वाटर भेन्डिङ मेसिन कसरी प्रयोग गर्ने ?
१) रु पाँच वा १० को नोटलाई वाटर भेन्डिङ मेसिनसँगै रहेको पैसा साट्ने मेसिनबाट रु १ को सिक्कामा साट्ने ।
२) साटेको रु १ को सिक्कालाई कप डिस्पेन्सर मेसिनको सिक्का हाल्ने ठाउँमा छिराउने र २०० मिलिलिटर कागजको कप लिने ।
३) कपलाई लगेर कप वा बोतल थाप्ने धाराको तल राख्ने ।
४) अनि रु १ को सिक्कालाई धारासँगैको सिक्का हाल्ने ठाउँमा धारा र सिक्का हाल्ने ठाउँको अंक मिलाई छिराउने ।
५) २०० मिलिलिटर शुद्ध पिउने पानी कपा वा बोतलमा झर्ने छ ।
६) त्यसरी प्रयोग गरेको कपलाई फोहोर फाल्ने भाँडामा फाल्ने ।

Loading...