सबै सेवा निर्वाध रुपमा सञ्चालन गर्न गृहमन्त्रालयले गर्यो आग्रह

काठमाडौँ। गृह मन्त्रलायले प्रचण्ड–नेपाल पक्षले आयोजना गरेको बन्दमा देसै भरका सबै सेवा निर्वाध रुपमा सञ्चालन गर्न सबैमा आग्रह गरेको छ । दैनिक रुपमा सञ्चालित उद्योग, पेशा, व्यवसाय सञ्चालनमा कुनै बाधा अवरोध पुग्न नदिन सुरक्षा निकायबाट सुरक्षा व्यवस्था मिलाइएको भन्दै यातायात व्यवसायीलगायत सबै उद्यमी व्यवसायीलाई निर्धक्क भएर आफ्नो व्यवसाय सञ्चालन गर्न गृहले अनुरोध गरेको हो ।

मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिमा शान्ति सुरक्षामा खलल पुग्नेगरी तोडफोड, आगजनी र जबरजस्ती लगायतका अबाञ्छित गतिविधि गरिएको पाइए कानुन बमोजिम कारबाही हुने भनिएको छ ।
प्रचण्ड नेपाल समूहले भने बन्दलाई प्रभावकारी बनाउन बिहानै ५ बजे नै नेता कार्यकर्तालाई भेला हुनका लागि १० ठाउँ सार्वजनिक गरेको छ ।

Loading...