किर्तिपुर नगरपालिकाको आर्थिक बर्ष प्रतिवेदनमा स्वास्थ्य , शिक्षा देखि पूर्वाधार विकास सम्म

काठमाडौँ। किर्तिपुर नगरपालिकाले आर्थिक बर्ष २०७७ /०७८ कार्तिक १ देखि पौष मसान्त सम्म भए गरेको गतिविधिहरु सार्वजनिक गरेको छ। शुक्रबार नगरपालिकाका प्रमुख रमेश महर्जनको अध्यक्षतामा उप -प्रमुख सरस्वती रिजाल( खड्का ) द्वारा नगरपालिकाको आ.व.मा भएका विभिन्न शिर्षकमा भए गरेका काम / गतिविधिहरु बारेको प्रतिवेदन तयार पारिएको हो।


पूर्वाधार बिकाश तर्फ नगर भित्रका बिभन्न मूल सडक मध्य ९० प्रतिशत सडक चौडा गरिसकेको र खानेपानीको समस्या ७५ प्रतिशत समाधान भैसकेको उप- प्रमुख खडकाले जानकारी दिनु भयो। आइतबार पत्रकारहरु संगको भेट घाटामा उप-प्रमुख खड्काले नगर भित्र तथा बाहिर बिजुलीका पोल ब्यबस्थित गर्दै जाने ,सहरी सौन्दर्यलाइ मध्य नजर उचित स्थानमा गर्दै बिरुवा रोप्ने बताउनु भयो। जमिनको व्यापक खण्डिकरको समस्या नगर पालिकाको चुनौतीको बिषय रहेको कारण छिटै सम्बन्धित मालपोत कार्यालय संग छलफल गरि निगरानी गरिने उहाले बताउनु भयो।
सहकारी शाखा अन्तर्गत सहकरियें २०७४ ( संशोधन सहित ) सहकारी शाखाबाट अदित नियुक्ति सस्थाहरुको मासिक प्रतिवेदन प्राप्त , साधारण सभामा सहभागी सहकारीको विवरण माग , साधारण सभाको प्रतिवेदन प्राप्ति ,जग्गा रोक्का,प्रतिधिको पुर्व शिक्षा शिविर संचालन , तालिमममा सहभागी तथा जनशक्ति माग सम्बन्धि सिफारिस तथा नोवेदन , नया सहकारी दर्ता , विनियेम संशोधन , विनियम आदि कार्येहरु भैरहेको जनाएको छ।
स्वास्थ्य शाखा अन्तर्गत – स्वास्थ्य सस्थानहरुको नियेमित मासिक समिक्षा बैठक र डाटा भेरिफिकेसन तथा सुचना संकलन गर्ने कार्य सम्पन्न भएको छ।
किर्तिपुर नगरपालिका अन्तर्गतका स्वास्थ्य सस्थाहरुमा कोभीड-१९ नियेंत्रण, रोकथाम र व्यबस्थापनका लागि आवश्यक पर्ने अक्सिजन सिलिन्डर र निर्मलीकरण सामग्री खरिद गरि हर्स्तान्तरण गरिएको छ।
किर्तिपुर अस्पतालमा होमोडायलासीस सेवा विस्तारका तथा सेवा संचालनका लागि नगरपालिका र अस्पताल बीच सम्झौता भएको छ। कोवीड-१९ महामारी नियेंत्रण रोकथामका लागि नियमित CICT मार्फत Contact Tracing भैरहेको जनाएको छ।

यसैगरि शिक्षा अन्तर्गत – शिक्षा ,बिज्ञान प्रविधि मन्त्रालयबात ०७६ /१०/१० मा भएको दरवन्दी मिलन तथा व्यबस्थापन कार्येविधि – ०७६ बमोजिम नगरपालिका अन्तर्गत समुदैक विद्यालयमा प्रा वि तहमा दरवन्दी संख्या ४५ , नगरपालिका पुलमा १२ , शिक्षा विकास तथा समन्वयमा ४७ , मा. बि तहको बिद्यालयमा ५६ जना कयेम गरिएको शिक्षा शाखाले जनाएको छ।

Loading...