वृहत नागरिक समाजको प्रदशन माथि पानीको फोहरा , दर्जनौ घाइते

काठमाडौँ। संसद विघटनलगायत सबै प्रकारका प्रतिगमनविरुद्ध सशक्त प्रतिकार गर्दै मुलुकलाई स्वस्थ र न्यायपूर्ण बाटोमा फर्काउने अभियानसहित बृहत नागरिक अभियानले गरेको मार्चपासको क्रममा लाठीचार्ज र पानीको फोहोरा प्रहार भएको छ। अभियानताले आज बालुवाटारमा गरेको मार्चपासको क्रममा नारायण वाग्ले, मोहना अन्सारी, अरुणदेव जोशी, निर्घ नवीन, संघर्ष दाहाल, स्वर्णिम दिनेशलगायत दर्जनौँ अभियन्ता घाइते भएका छन् ।
कमलपोखरीको माटो लगाएर सुरु भएको र्‍याली हात्तीसार, नागपोखरी, नक्साल हुँदै भाटभटेनीबाट बालुवाटारतर्फ बढ्ने क्रममा सुरक्षा घेरा तोडेर अघि बढ्ने क्रममा प्रहरीले लाठीचार्ज गरेको हो ।

झडपमा परी वरिष्ठ पत्रकार नारायण वाग्लेसहित अन्य प्रदर्शनकारीहरु घाइते भएका छन् । 

 

 

 

 

फोटो सौजन्य – Shyam Tha

Loading...