जग्गा हेर्ने बहानामा कुटपिट गरी सुन,मोवाईल लुतपात गरि ज्यान मार्ने मुख्य योजनाकार पक्राउ

 काठमाडौँ। जग्गा हेर्ने बहानामा कुटपिट गरी सुनको ब्रासलेट तथा मोवाईल समेत लुति फरार रहेका बक्ति पक्राउ परेका छन्। भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं.-८, सुडाल बस्ने वर्ष-६१ को चन्द्र बहादुर योञ्जन (लामा) को पसलमा आएका दुई जना अपरीचित व्यक्तिहरु बाट भएको घटनामा संलग्न रहेका कामी लामा, रमेश तामाङ प्रेम तामाङ र मुख्य योजनाकार माईला भन्ने सोनाम तामाङलाइ महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो।
गएको असोज २१ गते वियर समेत सेवन गरी आफन्तलाई जग्गा चाहिएको छ भन्ने बहाना बनाई चन्द्र लामा योञ्जनलाई जग्गा हेर्न भनी पसल भन्दा अं.१ कि.मी. पर विडोलफाँट स्थितमा रहेको धानखेतमा लगी कुटपिट गरी निजको साथमा रहेको सुनको ब्रासलेट तथा मोवाईल समेत लुटी कर्तव्य गरी फरार भएका थिए । उपचारको क्रममा ग्रीनसिटी अस्पताल बसुन्धरामा मृत्यू भएको थियो।
घटनामा संलग्न व्यक्तिहरूको निरन्तर अनुसन्धान तथा खोजतलास पश्चात घटनाका मुख्य योजनाकार मध्यका जिल्ला सिन्धुपाल्चोक बाह्रविसे न.पा. वडा नं. २ टिमुरे घर भएका ४२ का माईला भन्ने सोनाम तामाङलाई यस महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले जिल्ला काभ्रे धुलीखेलबात पक्राउ गरि आवश्यक कारवाहीको लागी निजहरू सम्मानित भक्तपुर जिल्ला अदालतको आदेशले पुर्पक्षको लागि थुनुवामा राखी कारवाही चलाएको महासखाले जनाएको छ।
महाशाखाले “अपरेसन रक्स” संचालन गरी घटनामा संलग्न भएका व्यक्तिहरु मध्य कामी लामा, रमेश तामाङ र प्रेम तामाङलाई यस अघि नै मिति २०७७/०६/२६ गते महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले काठमाण्डौंका विभिन्न स्थानबाट पक्राउ आवस्यक कारवाही प्रक्रिया बधाई सकेको छ । 

Loading...