बैशाख १७ र २७ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तैयारीमा गृहले गरे तिन सुरक्षा निकाय संग बैठक

पुस २७ ,काठमाडौँ। गृह मन्त्रलायेले आगामी २०७८ साल बैशाख १७ र २७ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित तथा शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्ने उदेश्यले गृह सचिव, अर्थ सचिव र तीन वटै सुरक्षा निकायका प्रमुखहरूको उपस्थितिमा बैठक सम्पन्न गरेको छ । गृहमन्त्री रामबहादुर थापाको अध्यक्षता, माननीय अर्थमन्त्री विष्णु प्रसाद पौडेलको विशेष उपस्थिति बैठक सम्पन्न भएको मन्त्रलायेले जारि गरेको प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

 बैठकमा गृह मन्त्रालय तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी वल नेपाल र राष्ट्रिय अनुसन्धान विभागको तर्फबाट हाल मौजुदा श्रोत साधन तथा निर्वाचन प्रयोजनमा आवश्यक पर्ने थप श्रोत साधन व्यवस्थापन सम्बन्धमा प्रारम्भिक खाका प्रस्तुत भएको छ । उक्त बैठकमा माननीय गृह मन्त्री रामबहादुर थापाले मुलुक प्रतिनिधिसभाको आगामी निर्वाचन तर्फ केन्द्रित भईसकेकोले निर्वाचन सुरक्षाको लागि आवश्यक तयारी गर्न सुरक्षा निकायहरूलाई निर्देशन दिएका छन् । साथै माननीय अर्थमन्त्री विष्णु प्रसाद पौडेलले विगतका निर्वाचनमा भएको खर्च विश्लेषण गरी मितव्ययितालाई ध्यान दिई निर्वाचन केन्द्रित वजेट प्रस्ताव गरी गृह मन्त्रालय मार्फत पठाउन सुरक्षा निकायहरूलाई निर्देशन दिंदै निर्वाचन सम्पन्न गर्न आवश्यक पर्ने वजेटको अभाव हुन नदिइने प्रतिवद्धता व्यक्त गरेका छन् ।
निर्वाचनको पक्षमा क्रमश माहौल बन्दै गइरहेको बर्तमान अवस्थामा लोकतान्त्रिक अभ्यासमा संलग्न राजनीतिक दल लगायत सबै सरोकारवालाहरूले आआफ्ना कार्यक्रम तथा गतिविधि सञ्चालन गर्दा विगतमा जस्तै शान्तिपूर्ण रूपले गर्नु र गराउनु हुन गृह मन्त्रालयले अनुरोध गरेको छ । 

Loading...