प्रतिगमन विरुद्द वृहत नागरिक आन्दोलन सुरु – फोटोहरु

पुस११, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक तरिकाले संसद विघटन गरेको भन्दै नागरिक आन्दोलन सुरू भएको छ । नागरिक समाजका अगुवाले प्रधामन्त्रीको यो कदमलाई प्रतिगमनको संज्ञा दिएको छ।  बृहत नागरिक आन्दोलनका अभियान नाम दिइएको अभियानको आज पहिलो दिन माइतीघर मण्डलामा ‘शंख एपिसोड’ बात सुरुवात गरेको छ ।

सप्ताहाब्यापी आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको अभियन्ताहरुले बताएका छन । आन्दोलन तालिका अनुसार १३ पुसमा डम्फु एपिसोड, १५ पुसमा धिमे एपिसोड, १७ पुसमा च्याब्रुङ एपिसोड र १८ पुसमा सडक नाटकसहित सभा गरिने कार्यक्रम रहेको छ । 

माइतीघर मण्डलामा आयोजित शंख एपिसोडमा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर प्रतिगमन ल्याएको विरोधमा शंख बजाएर प्रदर्शन गरिएका थियो ,भने अभियानताले राष्ट्रपति प्रधामन्त्रीका मुखौता लगाएर लेखक, साहित्यकार, कलकार, पत्रकार, अधिकारकर्मीहरू उल्टो हिंडेर संसद पुनस्र्थापनाको माग गरेका थिए ।

 

  फोटो – बुद्ध शरण शाही  

Loading...