गोरखाको धार्चे गाउँ पालिका-स्थानीयलाइ स्वरोजगार बनाउन बैंक सम्झौता पत्रमा हस्तक्षर गर्ने पहिलो गाउँ पालिका

काठमाडौँ – गोरखाको धार्चे गाउँ पालिकाले स्थानीय जनतालाई स्वरोजगार बनाउने उदेस्यले बैंक सम्झौता पत्रमा हस्तक्षर गर्ने पहिलो गाउँ पालिका बनेको छ।
नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकिकृत कार्यविधि, २०७५ अनुसार गाउँपालिका क्षेत्रका कृषि तथा पशुपंक्षी जन्य तथा अन्य क्षेत्रका व्यवसाय प्रबद्र्धन गर्नका लागि सहयोग पु¥याउन तथा गाउँपालिकाको नीति अनुसार व्यवसायी बन्न चाहने वा व्यवसाय संचालन गरि रहेका पालिकाले जनाएको छ। योग्यता पुगेका उद्यमीहरुलाई ऋण प्रवाह तथा ब्याज अनुदान दिई स्वरोजगारीको अवसर तथा उद्यम प्रबद्र्धन गर्न, विदेशबाट फर्केका युवाहरुको विदेशमा आर्जन गरेको शीप र व्यवसायिक दक्षता उपयोग गर्दै उनीहरुलाई स्वरोजगार बनाउन, महिला उद्यमशील क्षमताको विकास गर्न, जनजाति तथा दलित समुदायको परम्परागत सीप र पेशालाई आधुनिकीकरण गरी व्यवसायिकता अभिबृद्धि गर्न योजना अनुशार आइतबार सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान कार्यक्रम अन्तर्गत धार्चे गाउँ पालिका, धार्चे गाउँपालिका उद्योग वाणीज्य संघ, धार्चे एकाइ र सिभिल बैंक धार्चे शाखा विच सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकिकृत कार्यविधि, २०७५मा हतक्षर भएको गाउँ पालिका अध्क्षय सन्तोष गुरुङले बताउनु बताउनु भयो।

 

पालिका अध्क्षय गुरुंगले बताउनु बताउनु हुन्छ – ‘ हामीले जनजाती, सिमान्तकृत, अपांगता तथा विपन्न बर्गलाई विशेष प्राथमिकता दिई आय आर्जनका लागि सहुलियत प्रदान गरि उद्यमशिलता विकास तथा वित्तीय पहुँच बढाउने उद्देश्य तथा समग्र यस गाउँ पलिकालाई नै आर्थिक उन्नति गरि सम्पन्न बनाउने मेरो लक्ष्य अनुशार अरुपनि विभिन्न योजनाहरु अगाडी सार्ने लक्ष्य छ। ब्यबसायिक हिसाबले धेरै क्षेत्रमा आशा गर्न सकिनेमध्ये पर्येतन क्षेत्रलाइ बिशेष महत्वो दिएको छु। ’

 

 

Loading...