पनौती त्यो समय पाञ्चाल देशका रुपमा परिचित थियो। पंचाल देशका राजा महारथ र रानी सत्यवतीका कान्छा छोरा राजकुमार महासत्वको जीवन गाथा संगै जोडिएको पवित्र स्थल नमो बुद्ध ( गंदमान पर्वत ) मा रहेको छ। राजकुमार महासत्वलाइ भगवान गौतम बुद्धको पुर्व अवतार पनि भनिन्छ। शाक्य मुनि गौतम बुद्ध भन्दा पुर्व कालको कुराहो , पाञ्चालका देशका राजा र रानी सत्यवातिका तीन छोरा महादेव ,महाप्रशाद र महारथ थिए। एकदिन तिनै जना राजकुमार पाञ्चाल देश बात दुइ घण्टा पैदल पुग्नसकिने गंध्मान पर्वत माथि जंगलमा सधै जसो शिकार खेल्न गएछन। उनीहरुले घना जंगल बिचमा एता बाघिनी र संगै ससाना डमरु खै नपाई छात पतिरहेको अशक्त अवस्था छातपताइरहेको देखेछन । अगाडी पछाडी सिपीइ कासाथ रहेका राजकुमारलाइ तीऋदय विदारक त्यो दृश्यले कुनै असर गरेन र आफ्नै बाटो लागे। तर कान्छा राजकुमार महासत्वलाइ बघिनीको त्यो छातपताहतले निकै दुखित तुल्यायो र उनले दाजु मन्त्रिगण , सिपाईको आखा छल्दै भोकाएका बाघिनी भएको स्थाना फर्केर पुगे। आफ्नै शरिको मासु ति बघिनीलाइ थाले उता लावा लस्क सहित पाञ्चाल देश दरवार पुगेका दुइ राजकुमार र मन्त्रीले राजकुमार महासत्वलाइ देखेनन। निकै समय पर्खदा सम्म पनि ति राजकुमार फर्केर नआए पछि राजा रानी ,मन्त्रिगण लस्कर सहित पुनः गंदमान पर्वतको जंगलमा पुग्दा राजकुमारले लगाएको आभूषण संगै हड्डीखोर मात्रा भेटे। त्यति खेर सम्म बघिनी रिष्ट पुस्त भइ पुन जीवन पाइसकेका थिए। यसरी एउटी भोकाएर अशक्त छटपटी रहेका बाघिनीको प्राण रक्षार्थ आफ्नो ज्यानै दिने महान आत्माको सम्मानार्थ कलिगत संवत ९७४मा राजा महारथ र रानी सत्यवतीले गन्धमान पर्वतकै टुप्पोमा तिहाड्डी खोर जम्मा गरि स्तुपा बनाई दिएको बताईनछ। पछि राजा रानीले पनि सोहि चैत्यमा बाकि जीवन बिताउने निर्णय गरेपछि सुवर्ण नदि छेउ कनक मुनि ऋषी तीर्थबगरमा कुटी बनाई तपस्या गरि बसे। तथ् पश्चात राजा रानी शंखेस्वरी अजा -अजीमाको नाममा प्रख्यात बन्न थाल्यो।
राजकुमार महासत्व्ले प्राण त्यागेको दिन चैत कृष्ण द्वादशी तिथिमा प्रत्यक बर्ष नेपाल संवतको नवै महिना गुँला पर्वको अवसरमा नमोबुद्धमा ठुलो मेला लाग्ने गर्दछ। भनिन्छ भगवान गौतम बुद्ध समेत लुम्बिनीबात काठमाडौँ भक्तपुर ,नाला हुदै हिडेर दाप्चा पुगी राजकुमार महासत्वको महान त्याग भावनाको कदर गर्दै नमो बुद्ध भन्दै वन्दना गरेको कारण हालको सो गंधमान पर्र्वतको नाम “नमोबुद्ध ” नाम रहन गएको मानिन्छ। प्रत्यक बर्ष भाद्र कृष्ण द्वादशीका दिन नामोदुद्धलाई खातामा राखी राजकुमार महासत्वको जन्म घर काशीवर्ण महाविहार हाल पनौती तलेजु संगै लगिनेर दीपंकर जात्राका साथै आज्ञा अजिमाको जात्रा गर्ने परम्परा चलिआएको छ।
प्रस्तोता – बुद्ध शरण शाही
नेपाल मण्डल सम्पदा बात