खुमलटार पुगेर प्रधानमन्त्री ओलीले प्रचण्ड संग राखे तीन प्रस्ताव

काठमाडौँ। प्रधामन्त्री तथा (नेकपा )अध्यक्ष केपी ओली ओली संग तीनवटा राखेका छन्। शनिबार बिहानै प्रचण्ड निवास पुगी अर्का अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए। ओली र प्रचण्ड बीच एक घण्टा वार्ता भएको छ। दुइ बीच जारि स्थाई समिति बैठक ,अध्यादेश र पेश गरिएका प्रश्ताव बारे छलफल भएको भएको श्रोतको दाबी छ। ओलीले आफु अध्यादेश फिर्ता लिन तयार रहेको जानकारी गराउदै प्रचण्डले पेश गरेको प्रस्ताव पनि फिर्ता लिनुपर्ने सर्त राखेका थिए। तर प्रचण्डले अध्यादेश र आफुले पेश गरेको प्रस्ताव फरक फरक विषय भएको जवाफ फर्काएका थिए।
यसै बीच ओलीले जारि स्थाई समिति बैठक केहि दिन सार्न प्रस्ताव गरेका थिए, भने प्रचण्डलाइ गुट भेला स्थगित गर्न सुझाव दिएका थिए। जवाफमा प्रचण्डले त्यसबारे सोच्न्सकिने बताए।
पछिल्लो घटनाक्रमलगायतका विषयमा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच करिब एकघण्टा कुराकानी भएको नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनुभएको हो ।
‘विगतमा बालुवाटारमा पार्टीका सबै बैठक हुने गर्थे, यो पटक प्रधानमन्त्री ओली खुमलटार आएर छलफल गर्नुभयो, समसामयिक विषयमा छलफल केन्द्रीत भयो ’ प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनु भयो ।
उहाँहरुसँगै नेकपा उपाध्यक्ष बामदेव गौतमले पनि उक्त भेटवार्तामा सहभागी जनाउनुभएको थियो ।

Loading...