ओली सरकार बिरुद्द कांग्रेसले गरेको प्रदशनलाइ बाबुराम भट्टराईको बधाई

  मंसिर २९  , काठमाडौं । जनता समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले ओली सरकारका बिरुद्धमा सडकमा ओर्लिएको कांग्रेसलाई बधाई दिएका छन्।

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको निरंकुशता र कुशासनविरूद्ध सडकमा उत्रिएकोमा उनले कांग्रेसलाई बधाइ दिएका हुन्। 

डा.भट्टराईले छिटै पार्टी एकता समायोजनको काम सकेर अब सदन बोलाउन पहल गर्न आग्रह गर्दै सडक- सदनमा उत्रिएने बताएका छन् ।

उनले ट्वीट मार्फत भने :-     ओली सरकारको निरंकुशतारकुशासन विरूद्ध सडकमा उत्रेको कांग्रेसलाई बधाइ ! भनिन्छ लोकतन्त्रमा राजनीतिका तीन प्रमुख कार्यक्षेत्रमध्ये सरकारमा सत्तापक्षको र सदन तथा सडकमा विपक्षको अधिकाररकर्तव्य हुन्छ । अब सदन बोलाउन पहल गरौं।जसपा पनि छिटै पार्टी एकता समायोजनको काम सकेर सडकंसदनमा गर्जन्छ ! 

Loading...